खाेलाले बगाएर एक जनाकाे ज्यान गयाे

दैलेख | असार २९, २०८०

खाेलाले बगाएर एक जनाकाे ज्यान गयाे

दैलेख: दैलेखमा खोलाले बगाएर एक जनाको ज्यान गएको छ । 

 

नौमूले गाउँपालिका–८ चौराठाका ४९ वर्षीय लक्ष्मीप्रसाद रिमालको लोहोरे खोलाले बगाएर ज्यान गएको नौमूले–८ का वडाध्यक्ष दीपक हमालले जानकारी दिनुभयो । 

 

उहाँका अनुसार सदरमुकाम दैलेख बजारबाट घर जाँदै गरेका रिमाल हिजो बिहीवार बेलुका झिल्के नजिक भिरबाट चिप्लिएर लोहोरे खोलामा खस्नु भएको थियो । आज शुक्रवार बिहान आठ किलोमिटर पर रिमालको शव भेटिएको दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिनुभयो । 

 

रिमाल सातमुले सहकारी संस्था तथा अरनिको मावि गिरखानीको विद्यालय व्यवस्थापन सदस्यलगायत सामाजिक काममा क्रियाशील हुनुहुन्थ्यो ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्